Incident Reports

वालुवाटार जग्गा प्रकरणमा सत्ता पक्षका नेतालाई चोख्याएको विरोधमा डडेल्धुरामा प्रदर्शन

2020-02-09

डडेल्धुरा: नेपाली कांग्रेस निकट युवा संगठन तरुण दल डडेल्धुराले अख्तियारले भ्रष्टाचार प्रकरणमा जोडिएका नेकपा नेताको संरक्षण गरेको विरोधमा प्रदर्शन गरेको छ। आइतबार जिल्ला सदरमुकाममा तरुण दलका सभापति शेरबहादुर साउँदको नेतृत्वमा बालुवाटार जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति, अन्यलाई राजनैतिक बदनियत र प्रतिशोधपुर्ण मुद्दा लगाउने निर्णयविरुद्ध सडकमा विरोध कार्यक्रम गरीएको हो। 

प्रदर्शनकारीहरुले अख्तियार सरकारको छायाँ बनेको र प्रतिपक्षी दलका नेताहरुलाई मात्र लक्षित गरेको आरोप लगाएका छन्। प्रदर्शनकारीहरुले प्रधानमन्त्री ओली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको पुतला समेत दहन गरेका थिए। प्रदर्शनमा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लको समेत उपस्थित रहेको थियो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments