Incident Reports

नवजात शिशुको हत्या गरेको आरोपमा गिरफ्तार l

2013-12-30

सिद्धकाली गाविस-७ की ३० वर्षीया राधाकुमारी तामाङलाई नवजात शिशु जन्माएर हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय चैनपुरको टोलीले पुस १५ गते गिरफ्तार गरेको छ । तामाङले पुस १४ गते नवजात शिशु जन्माएर हत्या गरी बोरामा पोका पारेर घर नजिक खाडल खनी गाडेको अवस्थामा प्रहरीले शव फेला पारी आरोपित तामाङलाई गिरफ्तार गरेको जनाएको छ । शवको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा पुस १५ गते पोष्टमार्टम भएको छ । अरोपितलाई इलाका प्रहरी कार्यालय चैनपुरको हिरासतमा राखि मुद्दा चलाउने तयारी भई रहेको प्रहरीले जनायो । जलजला गाविस-४ मा विवाह गरेकी उनी ६ महिनादेखि माइतीघर बस्दै आएकी थिइन् । उनको पति एक वर्षभन्दा बढी समयदेखि वैदेशिक रोजगारका सिलसिलामा मलेसियामा छन् । Chhetu Sherpa

0 Comments

Related Reports
Related Trend Analysis