Incident Reports

कानुनी कारबाहीको माग गर्दै उजुरी l

2013-12-30

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai लफ्याङ गाविस-५ दुवेटोलकी सुस्तमनस्थिति भएको ४० वर्षीय अविवाहित महिलाले आफूलाई विभिन्न प्रलोभनमा पारी गर्भ बोकाएको आरोपमा सोही स्थानका ६० वर्षीय छत्रपाल राईलाई कानुनी कारबाहीको माग गर्दै पीडितले पुस १४ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले विभिन्न प्रलोभन देखाएर एक वर्षअघिदेखि शारीरिक सम्पर्क गर्दै आएकोमा हाल सात महिनाको गर्भ पेटमा रहेको छ । पीडितले पटक/पटकको शारीरिक सम्पर्कबाट बसेको गर्भ स्वीकार गर्न लगाउँदा 'जे गर्छस गर' भनेर धम्की दिँदै आएको पीडितको उजुरीमा उल्लेख छ । आरोपितले आफ्नो भविष्यमाथि गम्भीर खेलवाड गरेको पीडितको आरोप छ । आरोपितको पत्नीको मृत्यु भइसकेको र एक जना १७ वर्षीय छोरा छन् । आरोपित हाल फरार रहेका छन् । यसबारे जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका असई मनोज यादवले छानबिनमा समस्या भएको प्रतिक्रिया दिए । हाडनाता करणीबाट बसेको गर्भ भएको तथा कानुनले १८ हप्तासम्मको गर्भ फाल्ने अनुमति दिएको भए पनि पीडित महिला ढिलोगरी सम्पर्कमा आएकाले बच्चा जन्माउनु बाहेक अन्य कुनै विकल्प नभएको असई यादवको भनाई छ । आरोपित हाल फरार भएकाले कारबाही प्रक्रिया अघि बढाउन समस्या भएको असई यादवले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis