Incident Reports

१५ महिने नाबालिकको हत्या

2020-02-10

Madhes, Siraha, Bariyarpatti, Ward 3

बरियारपट्टी गाउँपालिका–३ की १५ महिने नाबालिका आशिकी यादवको माघ २८ गते हत्या गरिएको छ । देवेन्द्र यादवकी छोरी माघ २७ गतेदेखि घरबाटै हराएकी थिइन् ।

माघ २८ गते खोज तलासको क्रममा बिहान ९ः०० बजे घर नजिकै रहेको पोखरीमा बोरामा बाँधेर इट्टा सहित डुबाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा प्रसाद चतुर्वेदीले बताउनु भएको छ ।

एसपी चतुर्वेदीका अनुसार एउटा बोरामा मृत बालिका र अर्काे बोरामा इट्टा राखेर बोरामाथि राखेको अवस्थामा शव फेला परेकोले हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बालिकाको हत्या कसले र किन गरेको हो ? अनुसन्धानबाट खुल्ने र आरोपितको पहिचान गरी कारवाही प्रकृया अगाडी बढाउने एसपी चतुर्वेदीले बताउनु भएको छ ।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा माघ २८ गते लगिएको एसपी चतुर्वेदीले बताउनु भएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Siraha

0 Comments