Incident Reports

नेकपाका जिल्ला सदस्यमाथि आक्रमण

2020-02-09

Sudurpashchim, Darchula, Byas, Ward 4

विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला कमिटी सदस्य जयलालसिह विष्टमाथि नेपाली काङ्ग्रेसका जिल्ला सचिव हरकसिह विष्टले माघ २७ गते बेलुकी आक्रमण गरेका छन् ।

नेकपाका जिल्ला सदस्य जयलाल विष्ट व्यास गाउँपालिका–४ सुनसेरा डोकटको एक पसलमा बसिरहेको अवस्थामा काङ्ग्रेस सचिव विष्टले आक्रमण गर्दा उहाँको टाउँको, आँखा, नाक र अनुहारमा घाउचोट लागेको छ ।

कुटपिटबाट गम्भिर घाइते विष्टको जिल्ला अस्पताल,दार्चुलामा उपचार हुन नसकेपछि थप उपचारको लागि धनगढी रिफर गरिएको पीडितका आफन्त दिलिप विष्टले बताउनु भयो ।

व्यास गाउँपालिका–४ सुनसेरा डोकटको एक पसलमा आफूमाथि मरणासन्न हुने गरी निर्घात कुटपिट गरेको भन्दै  विष्टले माघ २८ गते जिल्ला प्रहरी कार्यालय,दार्चुलमा किटानी निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र बहादुर शाहीले बताए ।

उहाँले भन्नु भयो –‘प्रहरीलाई घटना स्थल पठाएका छौँ । घटनामा संलग्न जोकोही भए पनि कानुनबमोजिम कार्वाही अगाडी बढाउँछौँ ।’

घटनाको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा),दार्चुलाका अध्यक्ष गणेशसिह खत्रीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न काङ्ग्रेस सचिव विष्टमाथि कार्वाहि गर्न माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले दोषीमाथि कानुनबमोजिम कार्वाहि प्रक्रिया अघि बढ्ने बताउनु भयो ।

घटनाका आरोपित नेपाली काङ्ग्रेसका सचिव विष्टसँग सम्पर्क गर्दा उहाँको मोवाइल स्यूचअफ भएका कारण सम्पर्क हुन सकेन् ।

 

 

नरेन्द्रसिह कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments