Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

2020-02-11

Gandaki, Tanahun, Myagde

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला इन्चार्ज बन्दिपुर गाउँपालिका घर भएका ४० वर्षीय पुर्णजित पुन र अखिल क्रान्तिकारीका जिल्ला सदस्य १८ वर्षीय पर्वत सेढाईलाई प्रहरीले ०७६ माघ २८ गते राति १२ बजे म्याग्दे गाउँपालिका–२ जामुनेबाट गिरफ्तार गरेको छ ।

आफ्नो पार्टीले फागुन १ गते मनाउने जनयुद्ध दिवसको प्रचार प्रसारका लागि पोष्टर टाँस्दै गर्दा पुन र सेढाईलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विनोद सिलवालले जानकारी दिनुभयो ।

गिरफ्तार भएका दुबैलाई माघ २९ गते जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानको लागि हिरासतमा राखिने एसपी सिलवालले बताउनुभयो ।

 

 

 

 

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Kaski , Local Newspaper - Makwanpur

0 Comments