Incident Reports

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

2020-02-11

Gandaki, Tanahun, Byas, Ward 9

व्यास नपा–९ गजौडे स्थित माहिन्द्री माध्यमिक विद्यालयको कक्षा ८ मा अध्यनरत १५ वर्षीया छात्रा निर्जला ढकाल प्रधानाध्यापक प्रकाश काफ्लेको कुटाइबाट घाइते भएकी छिन् ।

विद्यालय समयमा ०७६ माघ २८ गते  प्रअ काफ्लेले गालामा थप्पड हान्दा निर्जलाको कानमा असर परेको उनका हजुरबुबा उदयवंश न्यौपानेले जानकारी दिनुभयो ।

निर्जलाले दिउँसोको खाजा खाने बेलामा आफु एकजना साथीसँग विद्यालयको कम्पाउन्ड बाहिर गएको भन्दै प्रअले कक्षामा आएर गालामा हान्दा कानमा परेको र त्यसपछि कान दुखेको बताउनुभयो ।

प्रअको कुटाइपछि निर्जलाको कानबाट रगत बगेको र माघ २९ गते दमौलीको रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा लगिएको हजुरबुबा न्यौपानेले जानकारी दिनुभयो ।

आफुले सामान्य कुटपिट गरेको भन्दै आफुबाट गल्ती भएको प्रअ काफ्लेले स्वीकार गर्नुभएको छ  । उनले छात्राको कान दुखेको बारेमा आफुलाई जानकारी गराएपछि आफैले उपचारको लागि लिएर आएको बताउनुभयो ।

चितवन घर भएकी निर्जला यही शैक्षिक सत्रबाट गजौंडेमा मामा घरमा बसेर माहिन्द्रि मावि मा अध्ययन गर्दै आउनुभएको छ ।


 


प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports