Incident Reports

प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

2020-02-13

Gandaki, Baglung, Baglung, Ward 4

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बागलुङ नगर इन्चार्ज ५५ वर्षीय मुरारी पौडेललाई जिल्ला प्रहरी कार्यालय बागलुङले फागुन १ गते गिरफ्तार गरेको छ ।

बागलुङ नपा–४ कुडुलेका पौडेलको मोबाइलमा प्रतिबन्धित पार्टीका नेता र कार्यकर्ताहरुसँग खिचेको तस्बिर, बैठक तथा कार्यक्रम प्रचार प्रसारका तस्बिर र पर्चाहरु फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर हेम के.सी ले बताउनुभयो ।

उहाँले पौडेलको स्वास्थ्य परीक्षण धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको र थप अनुसन्धानको लागि  हिरासतमा राखिएको  जानकारी दिनुभयो ।

 

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kaski

0 Comments