Incident Reports

अदालतद्वारा भूमिगत समूहका नाइके भगतसिंहलाई पुर्पक्षमा राख्ने आदेश l

2014-01-06

Binod Pandey तराई जनतान्त्रिक मधेश मुक्ति पार्टी सशस्त्र समूहका नाइके भगतसिंह भनिने अर्जुनसिंह सरदारलाई पुस २१ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश हरिप्रताप केसीको एकल इजलासले ज्यान मार्ने उद्योगमा सवुद प्रमाण पेश गर्ने क्रम जारी रहेकोले अन्तिम फैसला नहुँदासम्म पुर्पक्षमा राख्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयको टोलीले अपहरण हत्या, लुटपाट, चन्दा, धम्की लगायतका २० ओटा अभियोगमा मङ्सिर १४ गते सीमा बजार रुपैडिहाबाट गिरफ्तार गरेको थियो । ०६८ जेठ १२ गते सई रविलाल अस्लामीको जाहेरीले नेपाल सरकार वादी भएको ज्यान मार्ने मुद्दाको सुनवाइको क्रममा अदालतले सिंहलाई थुनामा राख्न आदेश दिएको जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis