Incident Reports

छोरीलाई आगो लगाई हत्या गरेको आरोपमा आमा गिरफ्तार

2020-01-24

Madhes, Siraha, Karjanha, Ward 5

कर्जन्हा नपा–५ कि १६ वर्षीया सलोनी नायकलाई आगो लगाई हत्या गरेको आरोपमा मृतककी आमा ३५ वर्षीया आशादेवी नायकलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ २९ गते गिरफ्तार गरेको छ ।

तत्काल घटनास्थल हेर्दा माघ १० गते आगो लागेर मृत्यु भएकोे जस्तो देखिए पनि अनुसन्धान र पोष्टमार्टम प्रतिवेदनबाट हत्या भएको खुल्न आएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।

हत्यामा आमाको संलग्नता देखिएकोले प्रहरी प्रतिवेदनको आधारमा माघ २८ गते उजुरी दर्ता गरि कारवाही प्रकृया अगाडी बढाइएको डिएसपी जैसवारले बताउनु भयो ।

शवको पोष्टमार्टम लहान स्थित रामकुरमार उमाप्रसाद स्मारक अस्पतालमा माघ १० गते भएको थियो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments