Incident Reports

लक्ष्मण थारुको अनसनको समर्थनमा प्रदर्शन

2020-02-17

Sudurpashchim, Kailali, Dhangadhi

५ फागुन, डोटी । १४ बुँदे राख्दै फागुन १ गतेदेखि आमरण अनसनमा बसेका थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको समर्थनमा सोमबार विरोध र्‍याली प्रदर्शन गरिएको छ ।

थारुवान राष्ट्रिय मोर्चा कैलालीले प्रदर्शन गरेको विरोध जुलुसमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

संयोजक थारु अनशन बसेको पाचौँ दिन भइसक्दा पनि मोर्चाको मागहरुमा सरकार गम्भीर नभएको भन्दै मोर्चाले धनगढीमा विरोध सभा प्रदर्शन गरेको हो ।

र्‍यालीका सहभागीले संविधानको धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ मान्दैनौं, अपुरो अधुरो संविधान खारेज गर, ७ प्रदेश मान्दैनौं, थरुहट/थारुवान आन्दोलनको क्रममा भएका सम्झौताहरु कार्यान्वयन गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

विरोध र्‍यालीपछि पार्कमोडमा गरिएको कोणसभालाई सम्बोधन गर्दै थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज चौधरीले आफूहरुको मागमा सरकारले कुनै वास्ता नगरेको आरोप लगाए ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग पूरा गर्नुपर्ने चौधरीले बताए ।

यस्तै २०७२ साल भदौ ७ गतेको टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक प्रतिष्ठानलगायतमा आगजनी, तोडफोड र लुटपाट गर्ने दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग मोर्चाले अघि सारेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments