Incident Reports

गायक कटुवाल तनहुँमा पक्राउ

2020-02-16

Gandaki, Tanahun, Bandipur

६ फागुन, काठमाडौं । परिवारसहित घुम्न गएका गायक प्रकाश कटुवाल तनहुँमा पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा कटुवाल सोमबार पक्राउ परेका हुन् ।

हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए ।

कटुवालमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको एसपी सिलवालले जानकारी दिए । पोखरा जाँदै गरेका कटुवाल परिवार डुम्रेमा गाडी पार्किङ गरेर होटेल अगाडि ओर्लिका थिए । लगत्तै उनकी श्रीमतीले होटेल अगाडि बान्ता गरेपछि विवाद सुरु भएको थियो ।  विवाद चर्किएपछि कटुवाल त्यहाँबाट धम्की दिदै पोखरातर्फ लागेका थिए । सो दिन साँझ केही युवाहरुको समूहले होटेल व्यवसायी गुरुङमाथि आक्रमण गरेका थिए ।   विहानको घटनाका आधारमा आक्रमण गर्ने कटुवाल नै भएको भन्दै किटानी जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको बताएको छ । घाइते भएको गुरुङको भने पोखरामा उपचार हुन नसकेपछि काठमाडौंमा उपचार भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports