Incident Reports

पत्नीलाई यौनजन्य यातना दिएको आरोपमा गिरफ्तार l

2014-01-03

Madhes, Rautahat, Chandrapur

Bipeen Gautam जुडिवेला गाविस-२ का २८ वर्षीय नवराज भण्डारीले पत्नी शुष्मा कार्कीलाई यौनजन्य यातना दिनुका साथै शारीरिक यातना दिएको आरोपमा प्रहरीले पुस १९ गते गिरफ्तार गरेको छ । ०६९ माघमा विवाह गरेका भण्डारीले विवाह गरेको भोलिपल्ट देखि यातना दिन शुरु गरे पनि आफूले सहेर बस्दै आएकोमा पुस १७ गते राती पतिले आफूलाई यौनजन्य यातना दिनुका साथै कुटपिट समेत गरेकाले पति विरुद्ध उजुरी गर्न आएको पीडितले बताइन् । पीडितले पति बिरुद्ध सार्वजनिक अपराधमा जाहेरी दर्ता गरेको र आरोपितलाई पुस १९ गते नै गिरफ्तार गरी म्याद थपिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी प्रकाश रानाभाटले बताए । पीडित महिलाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार गराई सुरक्षाको लागि प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको डिएसपी रानाभाटले बताए । विपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis