Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2020-02-21

१९ वर्षीया युवतीलाई प्रलोभनमा पारी माघ १६ गते भारतमा बेचबिखन गर्न लैजान लागेको आरोपमा घोडाघोडी नगरपालिका–१२ का ५० वर्षीय परशुराम चौधरी र २३ वर्षीया ऐश्वर्य चौधरीलाई प्रहरीले फागुन ८ गते गिरफ्तार गरेका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाशसिंह कार्कीले बताउनु भयो ।

भारतको पलियास्थित एउटा कुटीमा गई २० तोला सुनको गहना लगाई देवीको रुपधारण गरेमा बाबाले करोडौँ रुपियाँ दिन्छ भनी लालाइफकाइ बेहोस बनाउने औषधि खुवाउन लाग्दा पीडित भागेर प्रहरीलाई खबर गरेकी थिइन् । 

आरोपितलाई जिल्ला अदालतमा फागुन ८ गते मुद्दा दर्ता गरी अनुसन्धान थालिएको तथा पीडितको स्वास्थ्य परीक्षण फागुन ८ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।


0 Comments