Incident Reports

विद्यार्थी कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

2020-02-19

Madhes, Rautahat, Chandrapur, Ward 10

चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रीन बोर्डिङ् स्कुलको कक्षा ७ मा अध्ययनरत १६ वर्षीय राजनकुमार ठाकुरलाई फागुन ७ गते निर्घात कुटपिट गरेको आरोपमा शिक्षक ४३ वषीय रामप्रवेश यादव विरुद्ध पीडितका बुवा मनोजकुमार ठाकुरले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन ७ गते किटानी उजुरी दिनु भएको छ ।

पीडित विद्यार्थी राजनकुमारका अनुसार नबुझेको सोध्दा शिक्षक रामप्रवेश यादवले बढी बोलेको ? भन्दै आफुमाथि मुक्का बर्साउँदै अपराधिलाई जस्तै कुटपिट गरेको बताउनु भएको छ । कक्षाकोठाबाट मुक्का हान्दै होस्टलसम्म पुर्याएको विद्यार्थी ठाकुरले बताउनु भयो । शिक्षक यादवको कुटपिटबाट घाइते भएका राजनकुमारको आँखामा चोट लागेको र शिक्षक सन्तमानले आएर बचाउनु भएको पीडित राजनकुमारले बताउनु भएको छ ।

विज्ञान विषय पढाउने शिक्षक यादवको कक्षामा विद्यार्थी राजनकुमारलाई पढ्दै गरेको कुरा चित्त नबुझेपछि जवाफ दिनुस् न सर भन्दा शिक्षक यादव राजनकुमारमाथि खनिएका थिए । आवेगमा एकोहोरो मुक्का बजार्न थालेपछि पीडित विद्यार्थी राजनकुमारले अभिभावकलाई बोलाइदेऊ भन्दा शिक्षक यादवको डरले अन्य विद्यार्थी चुइक्क पनि बोल्न नसकेको पीडित राजकुमारले बताउनु भयो ।

बालचनपुर चोकमा फार्मेसी थापेर बसेका पीडितका बुवा मनोजकुमार ठाकुर घर पुग्नासाथ स्कुलका प्रिन्सिपल शंकरप्रसाद साहले फोन गरेर छोरा सामान्य घाइते भएको जानकारी गराएपछि घाइते छोरा हेर्न विद्यालय पुगेका बुवा मनोज कुमारमाथि पनि दुर्व्यवहार भएको छ । शिक्षक यादवलाई घटनाबारे सोध्दा उल्टै आफुमाथि दुर्व्यवहार गरेको पीडितका बुवाले बताउनु भएको छ ।

कक्षा ७ मा पढदै गरेको जेठो छोरा निराजन ठाकुरलाई पनि यसरी नै शिक्षक गोविन्द र राजीवले कुटपिट गरेपछि बोर्डिङ्बाट निकालेर सरकारी विद्यालयमा भर्ना गरेको पीडितका बुवा मनोजकुमारले बताउनु भएको छ ।

प्रहरीले घाइते विद्यार्थीको स्वास्थ्य परीक्षण र उपचारको लागि चन्द्रपुर अस्पतालमा फागुन ७ गते पठाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments