2020-02-21
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी जनपरिषद प्रमुख मालिका गाउँपालिका–३, आदिवागका ५६ वर्षीय जगेन्द्रबहादुर पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जगेन्द्रलाई उहाँकै घरबाट ०७६ फागुन ०९ गते राति ईलाका प्रहरी कार्यालय दरवाङका इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारी नेतृत्वको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाको एनसेलको टावरमा भएको आगजनी, जनप्रतिनिधिहरुलाई धम्की तथा चन्दा माग गर्ने तथा निर्माण व्यवसायका उपकरणहरुमा आगजनी गरेको विषयमा केन्द्रित भएर अनुसन्धान थालिएको इन्स्पेक्टर शर्माले बताउनुभयो ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |