Incident Reports

सुधार गृहको शौचालयमा युवक मृत भेटिए, हत्या भएको आफन्तको आशंका

2020-02-23

Province 1, Morang, Uralabari

मोरङको उर्लाबारीमा रहेको जीवन बचाउ उपचार गृह(सुधार केन्द्र)मा रहेका एक युवक शौचालयमा मृत भेटिएका छन् । गत पुसयता सुधार गृहमा बस्दै आएका उर्लाबारी २ का २१ वर्षीय विशाल श्रेष्ठ मृत भेटिएका हुन् ।

शौचालयको भेन्टिलेटरमा पासो लगाएको अवस्थामा शव भेटिएपछि आफन्तले हत्या भएको आशंका गर्दै अनुसन्धान गर्न माग गरेका छन् । शंकास्पद मृत्यु भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । तर प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएपछि आफन्तले शव बुझेका छन् ।

आफन्तले आत्महत्या नभई हत्या भएको हुनसक्ने बताउँँदै शव बुझ्न नमानेपछि प्रहरीले गृहका अध्यक्ष शेखर कार्की र सुधार गृहका इञ्चार्ज रवीन्द्र दाहाललाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए । आफन्तले शंकास्पद भएको बताएपछि अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

आइतबार साँझ शौचालयमा शव भेटिएपछि सुधार गृहले प्रहरी र आफन्तलाई खबर गरेको थियो । खबर लगतै पुगेका आफन्तले शंकास्पद भन्दै शव पोष्टमार्टम गर्न मानेका थिएनन् । तर सोमबार दुई जनालाई नियन्त्रणमा लिएपछि आफन्तले शव बुझेका छन् । प्रहरीले शवको मंगलबारे अस्पतालमा पोष्टमार्टम गरेको बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports