Incident Reports

तीनवटा मोटरसाइकलमा आगजनी

2020-02-23

Madhes, Parsa, Birgunj, Ward 21

पर्साको परवानीपुरमा नेपाली कांग्रेसका एक नेताको घरमा पार्किङ गरेर राखिएका ३ वटा मोटरसाइकलमा अपरिचित समूहले आगजनी गरेको छ।  पर्साको वीरगन्ज महमनगरपालिका २१ परवानीपुरका किशोरी ठाकुरको घरको बरण्डामा राखिएका ३ वटा मोटरसाइकलमा  आइतबार राती आगजनी गरेको हो ।

आगजनीबाट ना १० प ८५५४, ना ३२ प १८२८ र प्रदेश २- ०- ३००५ प ७८६३ नम्बरको ३ वटै मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ। आगजनीबाट ठाकुरको घरको पर्खालमा समेत क्षति पुगेको छ । आइतबार राती १२ बजेतिर आएका अपरिचित व्याक्ति‍ले घरको बरण्डामा पेट्रोल छर्किएर मोटरसाइकलमा आगो लगाएर फरार भएको घरधनी ठाकुरका भतिजा अभिषेक ठाकुरले बताए ।

परवानीपुरबाट पटेलनगर जाने सडक फराकिलो बनाउने काम ठाकुरकै अगुवाइमा भइरहेको र सडक विस्तारका क्रममा केही दिनअघि स्थानीय केही व्याक्तिसँग विवाद भएकाले त्यसैको रिसबीमा आगजनी गरेको हुनसक्ने आशंका अभिषेकले बताए ।

आगजनी गरेको आशंका प्रहरीले सोमबार ठाकुरका छिमेकी राजाराम यादवले नियन्त्रणमा लिएको छ। सोमबार घटनास्थलमा पुगेकी पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइन्।      


Update

------------

आगजनीको अभियोगमा मण्डल पक्राउ

आगजनी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा वीरगंज–२१ परवानीपुर पटेलनगर निवासी गाँधी मण्डल भन्ने रवीन्द्र मण्डल रहेका छन् ।
    मण्डलमाथि सोही स्थान निवासी किशोरी ठाकुरको घरमा आगजनी गरेको आरोप छ । होलीभन्दा केही दिन पहिले  ठाकुरको घरको बरन्डामा राखिएका तीनवटा मोटरसाइकलमा रातिको समयमा आगजनी भएको थियो । सो आगजनीमा तीनवटै मोटरसाइकल जलेर नष्ट भएको थियो भने ठाकुरको घरमा समेत क्षति पुगेको थियो ।
    घटना सम्बन्धमा प्रहरीले सोही दिनदेखि अनुसन्धान थालेको थियो ।  पक्राउ परेका मण्डल र घरधनी ठाकुरबीच आपसी विवाद रहेको छ ।  सोही विवादका कारण आगजगी गरेको मण्डलले स्वीकार गरेको प्रहरीले जनाएको छ  ।
    मण्डलमाथि आपराधिक गतिविधि शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले बताएकी छन् ।




Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments