Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-02-20

Bagmati, Kathmandu, Kathmandu, Ward 14

प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेको आरोपमा कास्की मादी गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर बस्ने २९ वर्षीय बृहस्पति पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ ।

पौडेललाई फागुन ८ गते काठमाडौंको कुलेश्वरबाट गिरफ्तार गरेको महानगरीय प्रहरी वृत कालिमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिनुभयो । पौडेललाई कुलेश्वरबाट गिरफ्तार गरी फागुन ८ गते वीर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको डीएसपी कुवंरले जानकारी दिनुभयो । प्रहरीले पौडेललाई थप अनुसन्धानका लागी कालिमाटीमा नै राखिएको छ । फागुन ८ गते गिरफ्तार गरिएकाले फागुन ९ र १० गते बिदा भएकाले ११ गते जिल्ला अदालत काठमाडौँ लगिएको र पौडेलमाथि चन्दा आतङ्क मच्चाएको अभियोगमा थप अनुसन्धान जारी रहेको डीएसपी कुवंरले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments