Incident Reports

महोत्तरीमा गोली चल्यो, १ जना घाइते

2020-03-01

Madhes, Mahottari, Manra Siswa, Ward 3

१८ फागुन, काठमाडौं । महोत्तरीमा १ व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का  स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव  घाइते भएका छन् ।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै यादवको छातीमुनि गोली लागेको अनलाइनखबरलाई जानकारी दिए ।

घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको छ । डीएसपी बुढाथोकीका अनुसार, उनको अवस्था खतरामुक्त छ ।

घटना कसले र किन प्रहार गर्‍याे भन्ने खुलेको छैन । डीएसपी बुढाथोकीले यसबारे थप अनुसन्धान भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।


Update

----------

मनरासिसवा नपा–३ बस्ने ६१ वर्षीय ससुरा सहदेवप्रसाद यादवलाई फागुन १८ गते बिहान थप दाइजो नदिएको भन्दै गोली प्रहार गरेको घटनाको आरोपमा प्रहरीले औरही नपा–१ बस्ने २७ वर्षीय ज्वाइँ सन्तोष यादवलाई सोही दिन गिरफ्तार गरेको छ ।

थप दाइजोमा ५ लाख रुपियाँ माग गर्दा नपाएको रिसमा आफ्नै ससुरा माथि गोली प्रहार गरेको आरोपमा सन्तोषलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनु भएको छ ।

फागुन १८ गते बिहान शौचालय जान निस्केका बेला सहदेवमाथि गोली प्रहार हुँदा उहाँको छातीमुनी गोली लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइते सहदेवलाई उद्धार गरेर जनकपुर स्थित जानकी केयर अस्पतालमा फागुन १८ गते उपचार गरिएको र घाइते सहदेवको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

अवकास प्राप्त शिक्षक रहेका आफ्ना ससुरासँग सन्तोषले ५ लाख रुपियाँ मागेको र सो रकम नदिँदा पटक–पटक धम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी बुढाथोकीले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Parsa , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments

Related Reports