Incident Reports

रौतहटमा छिमेकीको छुरा प्रहार गरी हत्या

2020-02-28

Madhes, Rautahat, Katahariya, Ward 2

पर्सा-पानी तान्‍ने मोटर चोरी भएको विषयमा विवाद हुँदा रौतहटमा एक व्‍यक्तिले छिमेकीको छुरा प्रहार गरि हत्या गरेका छन्।

कटहरिया नगरपालिका वडा-२ जमुनिया बस्ने २५ वर्षीय मुस्ताक आलमले आफ्नै २० वर्षीय छिमेकी अब्दुल खैरको पेटमा छुरा प्रहार गरि हत्या गरेका हुन।

मृतक खैरको दुई दिन अघि पानी तान्ने मोटर चोरी भएको थियो। जसको आरोप छुरा प्रहार गर्ने आलम माथि लागेको थियो। शुक्रबार राती छुरा लिएर आलमले खैरलाई खोज्नेक्रममा हथियाही गाविसका पूर्व अध्यक्ष सेराजुल देवानको घर अगाडि दुबैजनाको भेट भएको थियो।

सोहीक्रममा दुबैजनाीच बिबाद हुदा झगडा कुटपिटमा परिणत भएको थियो । कुटपिटकै क्रममा आलममले आफुसँग रहेको छुरा निकालेर खैरको पेटमा प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको रौतहटका प्रहरी प्रवक्ता नबिन कार्कीले जानकारी दिए।

खैरलाई छुरा प्रहार गरेर फरार भएका आलमलाई गुजरा नगरपालिका-६ खतवहिया गाँउबाट शुक्रबार राति ११ बजे पक्राउ गरिएको कार्कीले बताए।

मृतकको खैरको शवलाई शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौरमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Bara , Local Newspaper - Dhanusha

0 Comments

Related Reports