Incident Reports

समाजवादी विद्यार्थी युनियनले अर्थमन्त्रीको पुत्ला जलायो

2020-03-02

Gandaki, Kaski, Pokhara Lekhnath

समाजवादी विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पस पोखरामा अर्थमन्त्री युवराज खतिवडाकाे पुत्ला जलाएको छ।पुस्तक र पेट्रोलियम पदार्थमा कर बढाइएको तर ठूला व्यापारिक  घरानालाई कर मिनाहा गरिएको भन्दै विरोधस्वरुप पिएन क्याम्पस गेटमा प्रदर्शन गर्दै सोमबार पुत्ला जलाएको हो ।

प्रदर्शनको क्रममा विद्यार्थी नेता रेशम सापकोटाले पेट्रोल र किताबमा कर लगाउने सरकारले एनसेल जस्ता अत्यधिक मुनाफा कमाउने निजी कम्पनीसँग किन कर उठाउन सकेन भन्दै प्रश्न गरे ।

आक्रोशित विद्यार्थीहरुले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत मागेको थियो । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेर विद्यार्थीहरूलाई तितरबितर पारेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Weapons Fire
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments