Incident Reports

विप्लव निकट शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ

2020-03-01

Madhes, Dhanusha, Ganeshman Charnath, Ward 5

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष धनुषाबाट पक्राउ परेका छन् । प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनलाई आइतबार राति १२ बजेतिर धनुषा कै गणेशमान चारनाथ नगरपालिका ५ स्थित सुखवनी खोलाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका ३ बस्ने ५० वर्षीय गौरीनारायण मण्डल रहेको प्रहरी निरीक्षक अवधेश यादवले जानकारी दिए । पक्राउ परेका मण्डल नेकपा विप्लव समूह निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेको प्रहरी निरीक्षक यादवले बताए ।

प्रहरीका अनुसार संगठित अपराध, बम बिस्फोट तथा कर्तव्य ज्यान मुद्दाका उनी फरार प्रतिवादी हुन् । झण्डै तीन महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी गराइएको बम बिष्फोटमा उनको संलग्न रहेको प्रहरीको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments