Incident Reports

थरुहट राष्ट्रिय मोर्चाका ३ कार्यकर्ता प्रहरी नियन्त्रणमा

2020-03-03

Sudurpashchim, Kailali, Dhangadhi

कैलालीमा बजार बन्द गराउँदै हिँडेका ३ जना थरुहट राष्ट्रिय मोर्चाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोर्चाका नेता तथा कार्यकर्ता प्रेमा चौधरी, फोनिराम चौधरी, सन्तोष कुश्मीलाई प्रहरीले मंगलबार दिउँसो धनगढीबाट नियन्त्रणमा लिएको मोर्चाका कैलाली संयोजक माधव थारूले बताए ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।

आफूहरुको माग सम्बोधनमा सरकार गम्भीर नबनेकोले बन्दको आह्वान गर्दै सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ बुधबारसम्म बन्दको घोषणासहित आन्दोलन भइरहेको छ ।




Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments