Incident Reports

अस्पतालमा रहेका प्रधानमन्त्रीविरुद्ध नेविसंघ-तरुण दलको नाराबाजी

2020-03-03

Bagmati, Makawanpur, Hetauda

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना भइरहेका बेला मकवानपुरको हेटौंडामा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असभ्य शैलीमा नाराबाजी गरेकाे प्रत्यक्षदर्शीहरुले बताएका छन्। पेट्रोलियम पदार्थमा बढाइएको विकास करविरुद्ध भन्दै मंगलबार साँझ निकालिएको राँके जुलुसमा न्यूनतम् मानवीय संवेदनाको पनि ख्याल नगरी ...ले के भन्छ, केपी ओली ले भन्छ', सहितका अमर्यादित नारासहित बजार परिक्रमा गरेका थिए।

प्रधानमन्त्री ओली जीवन-मरण संघर्षमा रहेका बेला नेविसंघ र तरुण दलका कार्यकर्ताले सामाजिक मर्यादाको पनि ख्याल नगरेको भन्दै स्थानीयले पनि आक्रोश पोखेका थिए। प्रधानमन्त्रीको स्वास्थ्य राम्रो होस भन्ने बेलामा अप्रिय घटनाको कामनासहित हेटौँडा २ संगमचोकमा गरिएको नाराबाजी सुनेर स्थानीयबासीले पनि अफठ्यारो मानेका थिए। पेट्रोलियम पदार्थमा करवृद्धिको विरोधमा निकालिएको जुलुशका सहभागीले अधिकांश समय प्रधानमन्त्री ओलीलाईनै निशाना बनाउँदै गाली गरेका थिए। उनीहरूले ....के भन्छ, केपी ओली ले भन्छ', जस्तो अमर्यादित नारा मानवीय संवेदना बिर्सिएर पटक पटक लगाएका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Fire
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments