Incident Reports

कुटपिट गरी घरमा बस्न नदएकिो भन्दै पति विरुद्ध उजुरी l

2014-01-13

Sudurpashchim, Doti, Jorayal

Labdev Bhatta सरस्वतीनगर गाविस-६ घर भएकी ४२ वर्षीया गीतादेवी थापालाई पति लालबहादुर थापाले कुटपिट गरी घरमा बस्न समेत नदिएको आरोपमा पीडितले २९ गते जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिईन् । आफूलाई पतिले अर्को विवाह गर्छु भनी धम्काउने, घरमा नबस भन्ने र दिनहुँ कुटपिट गरी घरनिकाला गर्ने गरेका कारण पतिविरुद्ध उजुरी दिन आएको पीडितले बताईन । आफूसँग एक छोरीमात्र भएकी कारणले पनि हेला गरिरहने पीडितले बताईन् । आरोपितलाई प्रहरी कार्यालयमा ल्याउनका लागि जिल्ला प्रहरी कार्यालय डोटीले इलाका प्रहरी कार्यालय जोरायलका नाममा पत्र पठाईसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनक शाहीले जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis