Incident Reports

कर्मचारीमाथि कुटपिटको आरोपमा वडाध्यक्ष विरूद्ध उजुरी

2020-03-05

Lumbini, Dang, Ghorahi, Ward 4

कार्यालय सहयोगी ४५ वर्षीय पतिराम चौधरीले आफुलाई घोराही उपमानपा–४ का वडा अध्यक्ष ५२ वर्षीय भीमबहादुर सार्कीले  कार्यालयमै कुटपिट गरेको भन्दै फागुन २३ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ ।

पीडितले फागुन २२ गते आफूलाई कार्यालयमै कुटपिट गरेको बताउनु भएको छ । उहाँले  विना कारण गालीगलौज गर्दै तर्साउने गरेको बताउदै न्यायकालागि  उजुरी दिएके बताउनु भयो । वडा अध्यक्ष सार्कीले टोल बिकास संस्थाका अध्यक्षहरूलाई बैठककालागि खवर गर्न गरेको आग्रह  नमानेपछि आवेगमा सामान्य घटना भएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले  फागुन २६ गते दुवै पक्षलाई छलफलकालागि बोलाइएको बताउनु भयो ।

कार्यालय सहयोगीमाथि कुटपिट भएको भन्दै कार्यालय सहयोगीका आफन्त तथा स्थानीयहरूले फागुन २३ गते वडा कार्यालयमा तालावन्दी गरेका छन् । कार्यालयमा ताला बन्दी भएपछि सेवा प्रभावित भएको छ ।

 

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports