Incident Reports

No translation available.

2014-01-14

Lumbini, Kapilbastu, Shivaraj

Amrit Giri लुम्बिनी अञ्चल अस्पतालबाट पुस ३० गते बेलुका आठ दिनको एक शिशुको अपहरण भएको छ । कपिलवस्तु जिल्लाको विरपुर गाविस-६, वुदखटेवाकी ३२ वर्षीया राममती हरिजनको आठ दिनको नाबालक छोरा अस्पतालको बेडबाटै अपहरण भएको प्रहरीले जनाएको छ । हरिजनले पुस २२ गते लुम्बिनी अञ्चल अस्पतालमा शल्यक्रिया गराई बच्चा जन्माएकी थिइन् । शल्यक्रिया गरेको घाउ सफा गर्न र टाँका खोल्न हरिजन दम्पति अस्पतालमा आएका थिए । बेडको नजिकै उभीएकी एक अपरिचित महिलाले खै बच्चा एक छिन मैले समातिदिन्छु भन्दै लिएपछि बच्चा गायब भएको पीडित हरिजन परिवारले बताएको छ । घटना लगत्तै अस्पताल परिसरमा खटिएका प्रहरीलाई खबर गरिएको थियो । राममती टाका फुकाउन अञ्चल अस्पतालमा पति ३६ वर्षीय परमात्मासँगै आएकी थिइन् । साझ ६ः१५ बजे पति बाहिर गएको समयमा बेड नजिकै उभिएकी एक मधेशी मुलकी अपरिचित महिलालाई शिशु समात्न लगाएर हरिजन टाँका फुकाउन प्रसुति वार्डमा गएकी थिइन् । त्यसबेला उनका पति परमात्मा पनि शौचालय गएका थिए । पत्नी उपचारबाट फर्किदा ती महिला र समात्न दिएको आफ्नो शिशु दुवैलाई भेटाइनन् । शिशु र महिलोको खोजी गर्दा कतै नभेटाएपछि उनी मुर्छित हुन पुगेकी थिइन् । अस्पतालमा खटिएका प्रहरी, कर्मचारी, नर्शहरू र पीडित परिवार समेतले रातभर खोजी गरे पनि शिशु र ती महिलाका बारेमा कुने सुराक पाउन सकेनन् । रामामतीको शिशु समात्ने महिलाले आफूले सासूआमाको खुट्टा भाँचिएर अस्पतालमा लिएर आएको र घर चन्द्रौटा भएको बताएकी थिइन् । सो कुराकानीपछि राममतीले पनि सहजै बच्चा समात्न दिएको बताइन् । उनीसँगैको बेडमा छोरीको उपचार गराइरहेकी अर्की महिला साईराम साहले राममती र शिशु समात्न माग्ने महिलाबीच १५/२० मिनेटसम्म कुराकानी भएको आफूले देखेको अस्पतालमा पुगेका पत्रकारहरूलाई बताइन् । ती महिलाले पहेंलो साडी लगाएको पनि उनले बताइन् । नेपाली भाषा बोल्न नजानेका कारण आफूलाई टाँका कहाँ फुकाउने हो भनेर सोध्दा ती महिलालाई आफूले देखेको उनले बताईन । राममती र शिशु समात्ने ती महिला दुवैबीच आफ्नै भाषामा कुरा भएको थियो । उनीहरूबीच अबधी भाषामा कुरा भएको प्रत्यक्षदर्शी साहले बताइन् । राममतीले उनै साहलाई टाँका फुकाउने कहाँ हो भन्दै सोध्न आएकी थिईन ।

0 Comments

Related Reports
Related Trend Analysis