Mahottari, agyat samuh dwara apharan.
Mahottari/January 15
Pranash Kumar Yadab, 40, of Dhamaura VDC-6 has been abducted by an unidentified group on January 13, according to the complaint filed by his brother at the District Police Office on January 14.
A group of seven people abducted him from Dhamaura VDC-7 after obstructing his way, said the victim's niece Neetu Yadav, who was with him when the incident occurred.
SP Ram Prasad Shrestha of the PO said that police were deployed for his search.
Ishwari Kafle
धमौरा गाविस-६ का ४० वर्षीय प्रभन्सकुमार यादवलाई अज्ञात समूहले अपहरण गरेको पीडितका भाइले पुस ३० गते जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएपछि र्सार्वजनिक भएको छ ।
भाइ ललितकुमार यादवको माघ ६ गते हुन लागेको विवाहको पर्सादेवाडमा रहेकी दिदीलाई निम्ता दिएर भान्जीलाई साथमै लिएर फर्केका प्रभन्सकुमारलाई बाटो ढुकेर बसेका सात जनाले धमौरा गाविस-७ बाट पुस २९ गते अपहरण गरेको सँगै रहेकी उनकी भान्जी नितु यादवले बाइन् ।
रामगोपालपुर-रौजा सडकखण्डको बाटो हुँदै ज२प १२१८ नं.को मोटरसाइकलमा भान्जी लिएर आएका यादवलाई घर आउनै लाग्दा मुख बाँधेर बाटो ढुकेर बसेका अपरिचित व्यक्तिहरूले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी पीडितकी भान्जी नितुले बताइन् । उनका अनुसार मोटरसाइकल घटनास्थलमै छाडेर 'मामा र मलाईसँगै लिएर गए' । नितु भन्छिन्- 'मलाई राती अबेर घर नजिकै ल्याएर छाडि दिए मामालाई कहाँ लगे थाहा भएन' ।
अपहरणकारीले अहिलेसम्म फिरौती पनि नमागेको पीडितका भाइ ललितले बताए । पीडितको उद्धारका लागि प्रहरी परिचालन गरी खाजबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रामप्रसाद श्रेष्ठले बताए ।