Incident Reports

अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

2020-03-17

Karnali, Jajarkot, Barekot, Ward 6

बारेकोट गाउँपालिका–६ धौलाकोटमा पार्किङ्गमा रहेको बा ३ क ४०८६ नम्बरको स्काभेटरमा चैत ४ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।

आगजनीबाट स्काभेटरको इन्जिन, चालक बस्ने स्थान र पछाडीको भाग जलेको छ । उक्त स्काभेटर रेगन निर्माण सेवा सुर्खेतका प्रोप्राइटर दानबहादुर खड्काको भएको जिल्ला प्रहरी कार्यालय, जाजकारकोटका डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

घटनास्थल धौलाकोट पुग्न नेपाल प्रहरीलाई रामीडाँडा इलाका प्रहरी कार्यालयबाट करिब एक घण्टाको समय लाग्ने डिएसपी श्रेष्ठले बताउनु भयो ।

घटनाको कुनै पक्षले हालसम्म जिम्मेवारी लिएको छ्रैन् । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।

हानिसल्लादेखि धौलाकोटहँुदै बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्सा जोड्ने सडक खन्ने काममा प्रयोग भइरहेको स्काभेटर आगजनी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।



दिनेश कुमार श्रेष्ठ


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments