Incident Reports

खुकुरी प्रहार घटनाका आरोपित देवर गिरफ्तार

2020-03-17

Madhes, Rautahat, Yemunamai, Ward 1

यमुनामाई गाउँपालिका–१ की २४ वर्षीया पुनम सहनीलाई चैत ४ गते बिहान आफ्नै कोठामा सुतिरहेको बेला खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा उहाँको देवर २१ वर्षीय राजुकुमार सहनीलाई ईलाका प्रहरी कार्यालय गरुडाले गिरफ्तार गरेको छ ।

घरायसी विवादका कारण भाउजुलाई टाउकोमा खुकुरी प्रहार गरेको आरोपित राजुकुमारले प्रहरी समक्ष स्वीकार गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महत्तोले बताउनु भयो । आरोपितको साथबाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी बरामद भएको उहाँले बताउनु भयो ।

पीडित महिलाको पति वैदेशिक रोजगारीमा रहेकोले हालसम्म उजुरी नपरेको र गाउँलेको मौखिक उजुरीको आधारमा र आरोपितले घटना स्वीकार गरेकोले थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी गराएको छ ।

पीडितको उपचार वीरगंजस्थीत न्यूरो हस्पिटलमा भइरहेको डिएसपी महतोले बताउनु भयो ।


कोपिला तिमल्सिना


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports