Incident Reports

गाउँपालिका अध्यक्षमाथि कुटपिट

2020-03-17

Karnali, Jumla, Sinja

सिंजा गाउँपालिका अध्यक्ष ५२ वर्षीय देवलसिंह रावललाई सोही गाउँपालिकाका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले चैत ४ गते कुटपिट गरेका छन् ।

अध्यक्ष रावललाई आरोपित शर्माले गाउँपालिका कार्यालय अगाडीको चौरमा लाठी प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर राजेन्द्र चन्दले जानकारी दिनु भयो ।

इन्स्पेक्टर चन्दका अनुसार अध्यक्षले फोन गरिरहेको समयमा लाठीले पेट र खुट्टामा २÷४ पटक हानेको बुझिन आएको छ । उहाँले भन्नुभयो अध्यक्षको अवस्था सामान्य भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सामान्य उपचारपछि घर फर्किनु भएको छ ।

अध्यक्ष रावलले भन्नुभयो एक्कासी लाठीले हानेपछि मैले पनि प्रतिकार गरे ।

घटनामा संलग्न शर्मालाई जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार गरेको विषयको सार्वजनिक अपराधको मुद्दा लगाएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ गरेका शर्मा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।

शर्माले गाउँमा गिट्टी वालुवा सङ्कलन तथा संरक्षण गरिरहेको समितिमा आफू रहेको र आफ्नो वडामा रहेको हिमा नदीबाट गिट्टी बालुवा सङ्कलन गरेर अध्यक्ष रावलसहितको केही समूहले लगेको आरोप लगाउनुभयो ।


प्रहरीको नियन्त्रणमा रहँदा गाउँपालिका अध्यक्षले कुटपिट गरेको आरोप

हिरासतमा रहेका शर्माले गिट्टी वालुवाको विषयमा अध्यक्षसँग सोध्न खोज्दा सुनुवाई नभएपछि आफूले एक चोट हानेको स्वीकार गर्नुभयो । तर आफूलाई प्रहरीले पक्राउपछि इलाका प्रहरी चौकी नराकोट सिंजामा रहेको अवस्थामा अध्यक्ष रावलले कुटपिट गरेकोे शर्माले गुनासो गर्नुभयो ।

शर्माले भन्नुभयो प्रहरीको अघि कुटपिट हुन थालेपछि प्रहरीले आफूलाई बेडरुमको मुनि लुकाएका थिए ।

यता अध्यक्ष रावलले भन्नुभयो कसैले अध्यक्षको नाम भनि दिएछ, शर्माले सिधै आएर प्रहार गरेको बताउनुभयो । उहाँले आफूलाई प्रहार गरेपछि एक दुई चोट प्रतिकार गरेको बताउनुभयो । प्रहरी भित्रै कुटपिट भएको भन्ने बिषय आफूलाई जानकारी नभएको प्रहरीले जनाएको छ ।

हिमा र तिला गाउँपालिकामा जथाभावी नदिजन्य बस्तु उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरेपनि नरोकिएकोले समस्याहरू बढ्दै गएको छ ।

हिमा गाउँपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरी ८ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने गरी ठेक्का लिएर आफ्नो क्षेत्रमा गिट्टी बालुवा उत्खनन गर्ने गरेको छ भने अन्य स्थानीय तहका नदी तथा खोलामा जथाभावी अवैध रुपमा उत्खनन गर्ने काम भइरहेको छ ।



मानदत्त रावल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports