Incident Reports

‘भ्रष्टाचारलाई संरक्षण दिएको’ भन्दै बुटवलका पोल र पशुमा पम्प्लेटिङ

2020-03-17

Lumbini, Rupandehi, Butwal

५ चैत, बुटवल । बुटवलका सहरमा बुधबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेल र पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको तस्वीर अंकित पम्प्लेट छ्याप्छ्याप्ती देखियो । पोस्टरमा पौडेल र बास्कोटा भ्रष्टाचारमा मुछिए पनि प्रधानमन्त्री ओलीले संरक्षण गरेको उल्लेख छ ।

पोस्टर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले टाँसेको हो ।

यस्ता पोस्टर सार्वजनिक स्थलमा मात्र होइन, छाडा पशुचौपायाका शरीरमा समेत टाँसिएका छन् । अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय कमिटीको नाममा एकाबिहानै बुटवलको गोलपार्क, ट्राफिकचोक, मिलनचोक, बसपार्क, चौराहा र सैनामैनालगायतका सार्वजनिक स्थानमा पोष्टर टाँसिएको हो ।

विप्लवनिकट विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध सांकेतिक भण्डाफोर अभियानअन्तर्गत रुपन्देहीसहित साविक लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा पोष्टर टाँसिएको जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments