Incident Reports

पत्नी हत्याका आरोपित हिरासतमा l

2014-01-13

Madhes, Saptari, Chhinnamasta

Manohar Kumar Pokhrel पत्नी हत्याको आरोपमा गिरफ्तार भएका बरही बिरपुर गाविस-१ का २५ वर्षीय सन्तोषकुमार यादवलाई पुस २९ गते जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । ०६९ असार ४ गते राति पत्नी २१ वर्षीया रम्भादेवीको घाँटी थिचेर हत्या गरी फरार रहेका आरोपित सन्तोषकुमारलाई पुस २२ गते राजविराजबाट गिरफ्तार गरी बयानलगायतको अनुसन्धान कार्य भइरहेको एसपी दिनेश अमात्यले जानकारी दिए । मृतकका पिता बोरिया गाविस-८ का श्यामसुन्दर यादवले ०६९ असार २० गते जिल्ला प्रहरी कार्यालयमा मृतकका पति २५ वर्षीय सन्तोष, ससुरा ५१ वर्षीय वीरेन्द्र यादव, सासू ४५ वर्षीया अरुहुलियादेवी यादव तथा नन्दहरू १९ वर्षीया रन्जुदेवी यादव र १७ वर्षीया मन्जुदेवी यादव बिरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका थिए । अन्य आरोपितहरू हालसम्म फरार रहेका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis