Incident Reports

एमसिसि खारेज गर्न नेमकिपाको प्रदर्शन

2020-03-01

Madhes, Bara, Kalaiya

नेपाल मजदुर किसान पार्टी बाराले एमसिसि खारेज गर्न प्रदर्शन गरेको छ । कलैयामा आईतवार देशघाती एमसीसी सम्झौता खारेज गर्न थाली सहित बिरोध सभा गरेको छ। नेमकिपा बाराका अध्यक्ष मुक्ति प्रसाद यादबको नेतृत्वमा निस्केको बिरोध झाली वर्तमान सरकार विरुद्ध नाराबाजी गर्दै नगरको परिकममा गरि कोण सभा गरि सम्पन्न गरेका थिए।

कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारको कामको बिरोध गर्दै देशघाती एमसीसी सम्झौता खारेज गर्न सरकारलाई आग्रह गरेका छन् । सरकार तानासाही बन्दै गएकोले देशमा भ्रष्टचारिको राज बढेको बताए।

सम्झौता सार्वभौमिकता माथिको हस्तछेप भएकोले एमसिसि कुनै हालमा पारित हुन नदिने यादवले बताए । प्रदर्शनमा नेमकिपाका केन्द्रिय सदस्य उकेश कावा, नेपाल क्रान्तिकारी युवा संघका केन्द्रिय सदस्य महेन्द्र बकुन्छे, नेमकिपा बारा उपाध्यक्ष रेंजु देवी साह सहित नेमकिपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । विरोध सभाको संचालन हरिराम सुवालले गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Bara

0 Comments