Incident Reports

बालिकालाई चोरीको आरोपमा प्रहरीद्वारा यातना l

2014-01-20

Province 1, Jhapa, Bhadrapur

पृथ्वीनगर गाविस-९ की १३ वर्षीया सुनीता सोरेनलाई सुन चोरीको अभियोगमा प्रहरीले यातना दिएको सार्वजनिक भएको छ । हिमाली उच्च माविमा कक्षा ४ मा अध्ययनरत सोरेनलाई अनारमनी गाविस-३ बिर्तामोडका निरोज चुडाल र ईलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरीले एक महिना अघि यातना दिएको पीडितले बताएपछि प्रहरीद्वारा दिएको यातनाको घटना सार्वजनिक भएको हो । एक वर्षअघिदेखि पीडित बालिका घरेलु कामदारका रुपमा चुडालको घरमा बस्दै आएकी थिइन् । सुन चोरीको आरोपमा चुडालले घरमा पनि कुटपिट गरेको र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरीले पनि हातका औँलामा सुईले घोच्नुका साथै कुटपिट गरेको पीडितले बालिकाले बताइन् । पीडित बालिकाकी आमा टुक्लीलाई पनि प्रहरीले गिरफ्तार गरी पाँच दिन गैर कानुनी हिरासतमा राखि यातना दिएको र आफूहरू निर्दोष रहेकोले न्याय पाउन पीडितहरूले माघ ३ गते नागगिरिक समाज, पत्रकारहरूबीच आग्रह गरेका छन् । घटनाको विषयमा ईलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी भूवनेश्वर तिवारीले प्रहरीले आमा छोरीलाई कुनै यातना नदिएको र सुन चोरीको विषयमा अनुसन्धानपछि रिहा गरिएको बताए । डिएसपी तिवारीले घटनालाई कसैले अतिरञ्जित बनाएको बताए ।
INSEC

0 Comments

Related Reports
Related Trend Analysis