Incident Reports

पतिले कुटपिट गरी घर निकाला गरेको आरोपमा उजुरी l

2014-01-17

Madhes, Rautahat, Garuda

Bipin Gautam गम्हरीया बिर्ता गाविस-४ की २० वर्षीया हफिजा खातुनले पति २७ वर्षीय सहुव देवानले माघ ३ गते बिहान कुटपिट गरी घर निकाला गरेको आरोपमा पीडितले सोही दिन प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा उजुरी दर्ता गराएकी छन् । पीडित महिलालाई पतिले बाराम्बार कुटपिट गर्दै आईरहेकोमा ३ गते बिहान आरोपितले कुटपिट गरी घरमा समेत बस्न नदिएको र अब आइन्दा कुनै किसिमले नहेर्ने र वास्ता समेत नगर्ने बताएकाले बाध्य भएर उजुरी दिन आएको पीडितले बताइन् । महिला तथा बालबालिका सेवा केन्द्र गरुडाका निमित्त इन्चार्ज राजकिसोर राय यादवले पीडितको निवेदन दर्ता गरिएको र आरोपितलाई घरेलु हिंसा ऐन अन्तर्गत छलफलको लागि माघ ५ गते उपस्थित हुन पत्र पठाइएको बताए ।

0 Comments

Related Reports
Related Trend Analysis