Incident Reports

महिला बास बसेको होटलमै बलात्कृत l

2014-01-14

Bagmati, Makawanpur, Hetauda

Pratap Bista बारा जिल्ला, निजगढकी २२ वर्षीया महिला हेटौँडास्थित बास बसेकै होटलमा बलात्कृत भएकी छन् । पीडितले होटल सञ्चालकको सहयोगमा पुस ३० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । आरोपित जिम्बा फरार रहेको प्रहरीले जनाएको छ । हेटौँडा नपा-१० स्थित लजमा पुस २९ गते बास बसेकी पीडितलाई लजमा काम गर्ने २३ वर्षीय विके जिम्बाले पीडित बसेको कोठामा जबर्जस्ती पसेर बलात्कार गरेको खुल्न आएको प्रहरीले जनायो । मुख थुनेर जिम्बाले बलात्कार गरेको पीडितको आरोप छ । पीडितको पुस ३० गते स्वास्थ्य परीक्षण भयो ।

0 Comments

Related Reports
Related Trend Analysis