Incident Reports

बलात्कार प्रयासका आरोपितको कुटपिटबाट मृत्यु l

2014-01-15

Province 1, Khotang, Barahapokhari

DM Chamling बुहारीलाई बलात्कार गर्न खोजेपछि स्थानीयवासीले प्रतिकार गर्दा मौवाबोटे गाविस-६ का ३६ वर्षीय दीलकुमार राईको माघ १ गते मृत्यु भएको छ । आफन्त पर्ने २४ वर्षीया बुहारीलाई बलात्कार गर्न खोजपछि स्थानीयले प्रतिकार गरेपछि उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा मौवाबोटे गाविस-६ का १७ वर्षीय पर्शुराम राई, १६ वर्षीय प्रकाश राई, १५ वर्षीय सन्तोष राई, १४ वर्षीय मेम्बरा राई, १९ वर्षीय वर्षा राई, २४ वर्षीय प्रमिला राई, ५८ वर्षीय फूलकुमारी राई, १९ वर्षीय विनोद राई र २५ वर्षीय तिलक राई रहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर दुर्गाराज रेग्मीले बताए । उनिहरूलाई थप अनुसन्धानका लागि सदरमुकाम दिक्तेल ल्याईदै गरिएको रेग्मीले बताए । मृतक राईले पीडित महिलालाई पुस ३० गते राती ११ बजे घरैमा बलात्कारको प्रयास गरेका थिए । पीडित महिलाका पति वैदेशिक रोजगारीमा छन् । घटनाबारे स्थानीयवासीले प्रहरीलाई माघ १ गते बिहान १० बजे जानकारी गराएका थिए । घटनाको जानकारी आउनसाथ फाक्टाङ गाविसस्थित हुक्नाजोर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली घटनास्थल तर्फगएको थियो । मृतकको शव पोष्ट मार्टमका लागि उदयपुरको गाईघाट लगिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis