Incident Reports

बालिका बलात्कार गरेको आरोपमा गिरफ्तार l

2014-01-16

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Natibabu Dhital एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठूलोसिरुवारी गाविस-३ का ५५ वर्षीय उदयलाल गिरीलाई माघ १ गते बेलुका प्रहरीले गिरफ्तार गरेको छ । पीडितले माघ १ गते जिल्ला प्रहरी कार्यालय चौतारामा उजुरी गरिन् । पीडितको सोही दिन चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । आरोपितले पुस १९ गते घरमा बसिरहेको अवस्थामा फकाएर बालिकालाई बलात्कार गरेको पीडितको आरोप छ । घटनापछि आरोपितले पीडितलाई एक हजार दिने शर्तमा पुस २० गते मौखिक मिलापत्र गरेको र पछि सो एक हजार नदिएपछि उजुरी गर्न आएको गाउँ बाल संरक्षण समितिका अध्यक्ष दुर्गा प्रसाद ढुङ्गेलले बताए । आरोपितलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis