Incident Reports

छोराले गाली बेइज्जती गरेको आरोपमा प्रहरीमा उजुरी l

2014-01-20

Madhes, Sarlahi, Haripurwa

Bipin Gautam बसविट्टी जिंगडिया गाविस-५ की ४७ वर्षीया मेघीयादेवी रामलाई उनकै जेठो छोरा २५ वर्षीय सुरेस रामले गालि बेइज्जती गरी मानसिक यातना दिएको आरोपमा पीडितले माघ ६ गते साँझ प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराइन् । आरोपित रामले आमा मेघीयादेवीलाई घरमा बिजुलीको लाइन ल्याएको विषयमा सोही दिन अपशब्दहरु बोल्दै गाली बेइज्जती गरी आफूलाई मानसिक यातना दिएकाले उजुरी दिन आएको पीडितले बताइन् । बालबालिका सेवा केन्द्रले माघ ६ गते पीडितको उजुरी घरेलु हिंसा अर्न्तर्गत दर्ता गरी छलफलको लागि आरोपितलाई माघ ८ गते उपस्थित हुन पत्र पठाइएको निमित्त इन्चार्ज अर्सइ राजकिसोर यादवले बताए । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis