2020-03-30
दक्षिणकाली–४, बाँसबारीमा नातिको खुकुरी प्रहारबाट घाइते भएका ८१ वर्षीय हजुरबुबा कृष्ण मगर र ८१ वर्षकै हजुरआमा मिश्री मगर गम्भीर घाइते भएका छन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते वृद्धदम्पतीको ट्रमा सेन्टरमा उपचार भइरहेको र दुवैजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । १९ वर्षीय विजय मगरको खुकुरी प्रहारबाट छिमेकी ५० वर्षीय कान्छा श्रेष्ठ पनि गम्भीर घाइते भएका छन् । श्रेष्ठको भने मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गरेर फरार रहेका विजय मगरलाई प्रहरीले आज मंगलबार बिहान १ बजे ललितपुरको बुंगमतीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार सोमबार अपराह्न चार बजे घरमै छिमेकी श्रेष्ठसँग गफ गरिरहेका वृद्धदम्पतीलाई मगरले एक्कासि खुकुरी प्रहार गरेका थिए । घाइते तीनैजनालाई प्रहरीले तत्काल उद्धार गरेर अस्पताल पुर्याएको थियो ।
किन भयो घटना ?
सानैमा बुबा गुमाएका विजयलाई आमाले पनि सानैमा छाडेर अर्कैसँग विवाह गरेर गएकी थिइन् । टुहुरो बनेका विजयलाई हजुरबुबा र हजुरआमाले हुर्काएका थिए । हजुरबुबा र हजुरआमाले विजयलाई बुबाको नामको अंशसमेत नामसारी गरिदिएका थिए । तर, लालपुर्जा भने उनलाई दिइएको थिएन ।
लागुऔषधको कुलतमा फसेका विजयले हजुरबुबा र हजुरआमासँग पटकपटक पैसा र घरजग्गाको लालपुर्जा माग्ने गरेका थिए । तर, सम्पत्ति सकाउने डरले हजुरबुबा र हजुरआमाले उनलाई लालपुर्जा दिएका थिएनन् । सोमबार सोही विषयमा विजयले खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Sharp weapon |
Primary Cause | Domestic violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 2 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Injured | 2 |
Female Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance