Incident Reports

वीरगञ्जको वडा कार्यालयमा आगजनी

2020-04-02

Madhes, Parsa, Birgunj, Ward 24

२१ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२४ को रामगढवा स्थित कार्यालयमा आगजनी भएको छ । अज्ञात समूहले बिहीबार राति कार्यालयको ढोका फोरेर चोरी गर्नुका साथै कार्यायलको कागजपत्रसमेत जलाएको हो ।

अज्ञात समूहले कार्यालयमा रहेका डेस्‍कटप, सीपीयू, प्रिन्टर, यूपीएस, स्ट्यान्ड फ्यान, राउटर, हिटर, पानी तान्ने मेसिन आफूसँगै लिएर गएका छन् । नगदी रसिद, दर्ता चलानी, निर्णय पुस्तिका, वैशाखदेखि हालसम्मको जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ताका अभिलेख, सूचना फारम, कपाली तमसुक रजिष्ट्रर, कुर्सी र टेबल भने जलाइदिएका छन् ।

वडाध्यक्ष दशरथ पटेलले वडा कार्यालयमा चोरी र आगजनी गर्नु निन्दनीय भएको बताए ।

वडासचिव घनश्यामप्रसाद कुर्मीले शुक्रबार बिहान कार्यालय पुगेपछि आफूले तोडफोड र आगजनीबारे जानकारी पाएको बताए । लगत्तै यसबारे प्रहरीमा खबर गरिएको थियो ।

यसअघि पनि यही वडा कार्यालयमा दुईपटक चोरी भइसकेको छ । यद्यपि, अहिलेसम्म ती घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

आगजनी र लुटपाट कसले गर्‍यो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । उता, स्वास्थ्य चौकीको पनि ढोका फोरेर केही औषधि लगिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Fire
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports