Incident Reports

प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा पक्राउ

2020-03-28

Bagmati, Makawanpur, Hetauda, Ward 12

मकवानपुर, १६ चैत

प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी मिलनटोल बस्ने २० वर्षीय रोशन बललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-१३ पदमपोखरी साङ्गेटोलमा स्थानीय केटाहरुबीच झैझगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुङ्गामुढा गरेपछि बा.९३ प ६०१४ नम्बरको स्कुटर सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । साथै सम्झाई बुझाई गर्दा समेत स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर समेत गरी स्थिति नियन्त्रणमा लिएको थियो । ढुङ्गामुढाले लागेर ईलाका प्रहरी कार्यालय पशुपतिनगरको बा.१ झ ७५२७ नम्बरको गाडीको झ्यालको सिसा र पछाडिको सिसा फुटेको छ ।झगडामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Police website

0 Comments

Related Reports