Incident Reports

किरात जनवादी वर्कस पार्टीका तीन जना कार्यकर्ताले सफाय पाए l

2014-01-27

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai प्रहरी चौकी लुटपाट तथा चन्दा आतङ्क मच्याएको आरोपमा मुद्दा दर्ता गरी प्रकृया अघि बढाइएका भूमिगत सङ्गठन किरात जनवादी वर्कर्स पार्टीका तीन जना कार्यकर्ताहरुले सफाय पाएका छन् । भूमिगत सङ्गठन किरात जनवादी वर्कस पार्टीमा लागेर पनि अपराध गरेको ठहर नभएपछि इलाम जिल्लाका ध्रुव राई 'खम्बू', सोही जिल्लाका प्रकाश लिम्बू र झापा जिल्लाका गङ्गालाल दाहालले सफाय पाएको भनि प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले माघ १२ गते फैसला गरेका छन् । विभिन्न मितिमा गिरफ्तारमा परी कारागार शाखा दिक्तेलमा कैद सजाय भोगिरहेका उनिहरु निर्दोष भएको प्रमाणित भएपछि सफाय पाएको फैसला गरिएको जिल्ला प्रशासन कार्यालय मुद्दा शाखाका लिलाबहादुर विश्वकर्माले बताए । त्यसैगरी, गिरफ्तार गरिएकामध्ये १३ जना वर्कस पार्टीका नेता तथा कार्यकर्ताले आफूहरु किरात जनवादी वर्कस पार्टीका सदस्य भएको तथा पार्टीको नीति र निर्देशन बमोजिम प्रहरी चौकी आक्रमण गरी हातहतियार तथा बन्दोवस्तीका समान लुटेर लगेको भनि साविति बयान दिएको आधारमा प्रजिअ नेपालले ऐन अनुसार कैद सजाय भएको फैसला सुनाएका छन् । हातहतियार तथा खरखजना ऐन २०१९ अनुसार मुद्दा दायर गरिएकामध्ये १३ जनाको प्रशासनले कैद म्याद ठेगेको फैसला सुनाएको हो । हातहतियार तथा खरखजना ऐन अर्न्तर्गत यस्तो कार्य गरेको ठहरे तीन देखि पाँच वर्षम्म कैद र ६० देखि एक लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । त्यस्तै, फैसला भएकामध्ये ७ जना वर्कस कार्यकर्ताको मुद्दा तामेलिमा राखिएको छ । वतन नखुली रीत पूर्वक म्याद तामेल हुन नसकेपछि हालसम्म पनि फरार रहेका र्समर्पण किराती, अजम्बर किराती, राजेश किराती, सुमन वान्तवा, भुवन किराती, रिमेश राई र आकाश राईको मुद्दा तामेलिमा राखिएको फैसला भएको हो । प्रमुख जिल्ला अधिकारी नेपालले म्याद बुझी म्याद गुजारी प्रतिवादी फरार रहेका सात जना वर्कस कार्यकर्ताको हकमा गिरफ्तार परेको मितिदेखि पाँच वर्षम्म कैद सजाय हुने फैसला सुनाएका छन् । यसरी फैसला हुनेहरुमा परिवर्तन भनिने मनिन्द्र राई, भुपेन्द्र राई, कृष्ण परियार, अम्बर लिङदेन, मिना खम्वु, रविन राई र बिनेस राई रहेका छन् । किरात जनवादी वर्कस पार्टीले ०६७ वैशाख २१ गते खोटाङको नुनथला प्रहरी चौकी लुटपाट गरी हातहतियार तथा वन्दोवस्तीको समान लुटेका थिए भने ०६४ माघ ७ गते खोटाङको फाक्टाङ, देविस्थान र चिसापानी प्रहरी चौकी आक्रमण गरी हतियार लुटेको अभियोगमा वर्कस कार्यकर्ताहरु विरुद्ध हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा चलाईएको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis