Incident Reports

पोष्टमार्टमका लागि बालकको शव गाडेको ठाउँबाट झिकियो

2020-02-14

पश्चिम नवलपरासीको परासीमा एक जना बालकको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले बालकको शव गाडेको स्थानबाट निकालेको छ । निकालिएको शव पोष्टमार्टमका लागि काठमाडौं पठाएको छ ।

नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम इलिंस बोडिङ स्कुलमा कक्षा १ मा अध्यनरत ९ बर्षीय बालक विवेक पासवानको शव प्रहरीले पोष्टमार्टमका लागि पठाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बालकको मृत्यु शंकास्पद भएपछि शव पोष्टमार्टका लागि काठमाडौंस्थित टिचिङ्ग अस्पताल पठाएको जानकारी दिए ।  

गत शुक्रबार विहान स्वस्थ रुपमा विद्यालय आएका बालक पासवान एक्कासी विरामी परेको भन्दै उपचारका लागि पृथ्वी चन्द्र अस्पताल लगिएको थियो ।  

विद्यालयले विद्यार्थी पहिलादेखि नै विरामी रहेको जनाउँदै आएको छ भने बालकका आफन्तले भने बालकको विद्यालयमा भएको कुटपिटबाट निधन भएको दावी गरेका छन् । बालकका पिता बैजनाथ पासीले विद्यालयमा कुटपिटबाट बालक घाइते भएको दावीको गरेका छन् ।

बालकको उपचारको लागि शुरुमा जिल्ला अस्पताल लगिएको भए पनि उक्त अस्पतालले त्यहाँ उपचार हुन नसक्ने भन्दै अन्य अस्पतालमा लैजान रिफर गरेको थियो । त्यसपछि उनलाई भैरहवा लगिएको थियो भने त्यहाँबाट पनि चिवतन मेडिकल कलेज पठाइएको थियो ।  

बालकको आइतबार राति मृत्यु भएको हो । बालकका पिता बैजनाथ पासीले कक्षा एकमा पढाउने क्रममा शिक्षिकाले वालकको हातमा पिट्न खोज्दा गल्तिले टाउकोमा लागेको र वालकले कक्षाकोठामा नै वान्ता गरेको दावी गरे । 

विद्यालय प्रशासनले भने बालक पहिलादेखि नै विरामी रहेको र कक्षाका पढाउने क्रममा वालकले वान्ता गरेपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको जनाएको छ । विद्यालयका कारण बालकको मृत्यु नभएको स्कूलका प्रधानाचार्य राधेरमण पाण्डेले बताए ।  

प्रहरीले घटनाबारे अनुसन्धान गर्न शव पोष्टमार्टमका लागि पठाएको र घटनाको छानवीन गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनाको अनुसन्धान भईरहेको र केही दिनमा पोष्टमार्टम रिपोर्ट आएपछि थप भन्न सकिने बताए ।  

आइतवार मृत्यु भएका बालकको शव पोस्ट मार्टम नगरी खोला किनारामा लगि गाडिएको थियो भने प्रहरीले पुनः शव निकालेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments