Incident Reports

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

2020-04-06

Madhes, Bara, Nijgadh, Ward 13

बारा, २४ चैत    

निजगढ नगरपालिका-१३ रतनपुर बुम्जोरस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ वटा सवारी साधनका चालकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।      

पक्राउ पर्नेहरुमा बा.३ क ७०७ नम्बरको टिपरका चालक सल्यान बागचौर नगरपालिका-४ सिवर टोल बस्ने २० बर्षीय नरेश बिक र बा.४ ख १४९ नम्बरको मिनिट्रकका चालक ललितपुर कोन्ज्योसोम गाउँपालिका-६ शिरोडाँडा टोल बस्ने ३० वर्षीय नवराज ब्लोन रहेका छन् ।     

काठमाडौं दक्षिणकालीबाट यात्रु बोकी जाँदै गरेका उक्त सवारी साधनहरुलाई सोधपुछ गर्ने क्रममा उनीहरुले प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै उक्त दुवै सवारी साधनका ५० जना यात्रुहरुलाई चिकित्सकद्वारा आवश्यक स्वस्थ्य परीक्षण गराई आ-आफ्नो घरमा क्वारेन्टाइनमा बस्ने सुझाव सहित पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Police website

0 Comments

Related Reports