Incident Reports

बाबुको हत्या आरोपमा युवक पक्राउ

2020-04-09

Lumbini, Gulmi, Isma, Ward 2

२८ चैत, गुल्मी । गुल्मीमा प्रहरीले बावुको हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ पालुखा निवासी ४६ वर्षका टेकबहादुर कुमालको हत्या आरोपमा छोरा २९ वर्षका अर्जुन कुमालाई पक्राउ गरिएको गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।

बिहीबार राति बाबु र आमाबीच झगडा हुँदा अर्जुनले बाबुलाई कुटपिट गरेका थिए । घर बनाउने बिषयमा श्रीमान श्रीमतीबीच झगडा भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेका छोरा सुस्त मनस्थितिको रहेको प्रहरीले जनाएको छ । शबको पोष्ट मार्टम रिर्पोटबाट थप खुल्ने प्रहरी निरीक्षक पुनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website

0 Comments

Related Reports