Incident Reports

युवक हत्या गरेको अभियोगमा २ जना पक्राउ

2020-03-31

Lumbini, Rukum East, Bhume, Ward 6

रुकुम पूर्व — युवकको हत्या गरेको अभियोगमा एक महिला सहित २ जना पक्राउ परेका छन् । भूमे गाउँपालिका–६, नैमाक्याङका २७ वर्षीय दीपेन्द्र बुढा मगरको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले सोही वडा महतकी ४७ वर्षीया जानसरी बुढा मगर र अर्की एक १७ वर्षीया किशोरीलाई पक्रेको हो । 

२ दिन अघि वेवारिसे अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सडेको अवस्थामा भेटिएको शव स्थानीयले पहिचान गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । २६ गते बुढाको शव भेटिएपछि अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । उनीहरुलाई बिहीबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गुरुङले बताए । चैत्र १८ गते नै ती महिला र किशोरीले बुढाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बुढालाई हत्या गरी सहिदमार्गबाट धकेलेर अन्दाजी २ सय मिटर तल फालिएको पुष्टि भएको गुरुङले बताए ।

 उनीहरुलाई बिहीबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गुरुङले बताए । चैत्र १८ गते नै ती महिला र किशोरीले बुढाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बुढालाई हत्या गरी सहिदमार्गबाट धकेलेर अन्दाजी २ सय मिटर तल फालिएको पुष्टि भएको गुरुङले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports