Incident Reports

ज्यान मुद्दा दर्ता गर्न अस्वीकार गरे आन्दोलन गर्ने चेतावनी l

2014-01-30

Karnali, Mugu, Soru

Jeevan Sejuwal भिई गाविस-४ का १८ वर्षीय मोहन कुमार शाहीको हत्या भएको भन्दै परिवारजनले प्रहरीमा जाहेरी दिए पनि प्रहरीले कर्तव्य ज्यानको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । मङ्सिर २३ गते बेपत्ता रहेका शाहीको शव माघ ६ गते भिई गाविस-१ मा पर्ने कर्णाली नदीको खाडीखेल्ना दह भन्ने ठाउँमा भेटिएपछि उनको हत्या भएको भन्दै परिवारजनले किटानी मुद्दा दिए पनि प्रहरीले दर्ता गर्न नमानेको भन्दै जिल्लाका राजनीतिक दलहरूले भने आन्दोलन गर्ने चेतावनी दिएका छन् । पीडित शाही काम विशषले छिमेकी जिल्ला हुम्लाको श्रीनगर गाविसमा गएका बेला झै-झगडा हुँदा श्रीनगर गाविसमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको र सोही दिनबाट बेपत्ता रहेको अवस्थामा हाल शव भेटिएपछि परिवारजनले मुद्दा दर्ता गर्न खाज्दा प्रहरीले नमाने पछि जिल्लाका सबै राजनीतिक दलहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । मृतक शाहीका बुवाले आफ्नो छोराको हत्यामा हुम्ला जिल्ला श्रीनगर गाविसमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार बलराम गिरी, जवानहरू हरिप्रसाद जोशी र सितल भण्डारी लगायत अन्य पाँच जना स्थानीयवासीका नाममा कर्तव्य ज्यान मुद्दा दिन खोजे पनि प्रहरी कार्यालय मुगुले शव मुगु तर्फभेटिए पनि मृतक शाही र हुम्लाका स्थानीय युवा तथा प्रहरीबीच विवाद हुम्लामा भएकाले मुद्दा दर्ता हुम्लामा नै हुने भन्दै जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता नगर्ने भनेछि आन्दोलन थाल्ने चेतावनी दिनु परेको नेकपा एमाले मुगुका कार्यबाहक अध्यक्ष धर्मबहादुर शाहीले बताए। राप्रपा मुगुका अध्यक्ष एवम् आनन्दोलनका सयोजक राजबहादुर मल्लले जिल्ला स्थित १० राजनीतिक दल नागरिक समाज, सञ्चारकर्मी सहितको पहलमा मुद्दा दर्ता गर्न पहल भएको बताए । श्रीनगर प्रहरी चौकीका प्रहरीको नाममा मुद्दा दर्ता गर्न खोजे राम्रो नहुने भन्दै हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीबाट धम्की आइरहेको अवस्थामा मुद्दा दर्ता गराउन हुम्ला सदरमुकाम सिमिकोट पुग्न नसक्ने मृतकका बुवा शाहीले बताए । उनले भने, यो मुद्दाको क्षेत्राधिकार मुगु प्रहरीलाई छैन भने शवको पोष्टमार्टम गर्न जिल्ला अस्पतालका डाक्टर रणबहादुर बोगटी र घटना स्थल मुचुल्का गर्न प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक मित्रबहादुर आचार्यको टोली किन पठाईयो । अहिले मुद्दा दर्ता गर्न नमान्नु ठूलो रहस्य छ मुद्दा दर्ता नगर्न सिङ्गो प्रहरीनै लागि परेकाले शाहीले बताए । जिल्ला प्रहरी कार्यालयले भने मृतक शाही र उनिसँग विवाद गर्ने युवा तथा बेपत्ता भएको घटना हुम्ला तर्फरहेको तथा प्रारम्भिक अनुसन्धानले पनि मुद्दा दर्ताको क्षेत्राधिकार समेत हुम्ला जिप्रकालाई नै रहेकाले मृतक शाहीका बुवाले दिन खोजेको मुद्दा हुम्ला नै दर्ता हुने जनायो । तर, बेपता भएको स्थान हुम्ला रहे पनि मृतक शाहीको शव मुगुको भिई गाविसको भुभागमा भेटिएकाले मुद्दा प्रहरी कार्यालय मुगुमा दर्ता भई अनुसन्धान समेत थालिनु पर्ने, मुगु प्रहरीको क्षेत्राधिकार भित्र यो मुद्दा नपर्ने भए दरपीठ गरि पठाईनु पर्ने, तर प्रहरीले त्यो पनि गर्न नमानेपछि पीडितलाई प्रहरीबाट नै थप पीडा थप्ने काम भएको कानुन व्यवसायी कुवेरजङ्ग शाहीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis